अब्राहम लिंकनले लेखेको चिट्ठी- मेरो छोरा ले के सिकोस् !

अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने  विध्यालयका प्रधानाध्यापकलाई                                              लेखेको चिट्ठी 
                          
श्रीमान प्रधानाध्यापक, 

मेरो छोरोले सबै मानिस एकै किसिमका हुंदैनन् भन्ने कुरा सिकोस् ।  

  • समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्।  त्येस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउनमा त समय लाग्ला नै। 
तैपनि उसलाई 

  • परिश्रम गरि कमाएको एक डलर,सित्तैमा पाएको पांच डलर भन्दा  बढी मुल्यवान हुन्छ भन्ने कुरा बताई दिनुहोला । 
  • उसले बिजय र पराजय भनेको के हो, राम्ररी बुझोस्।
  •  त्येस्तै  ईर्ष्याले युक्त भएको हांसोको भित्रि मर्म बुझोस्। 
  • उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फूलहरुको शाश्वत रहस्य बुझ्न केहि समय दिनुहोस्। 
  • मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृतिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्ट्याउन सक्ने होओस् । 
  • दुख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस्। उसलाइ कहिले काहिँ  ऑखाबाट ऑसु झर्नु लाजमर्दो कुरो होइन भनिदिनुहोस्। 
  • ऊ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस्। यदि उद्द्येश्य उपयुक्त र सहि छ भने जस्तोसुकै बिरोध भए पनि जिउज्यानले लागिपरोस्। 
  • ऊ भित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न साहस र दृढशक्तिको विकास गरिदिनुहोस। 
  • ऊ संग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरि चाहिँ होइन। सम्झनुहोस,
  •  आगोको लप्काबाटै फलाम खारिन्छ। 
  • ऊ भित्र साहस र सधैँ केहि गरौ भन्ने भावना भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ।                                                                                                                                       धन्यावाद  

Comments